काठमाडौं । नेपालले अब तीन मुलुकसँग पनि द्विपक्षीय श्रम समझदारी (एमओआई) गरिने भएको छ । मलेसियासँग सोमबार बहुप्रतिक्षित श्रम समझदारी गरेको सरकारले अब कतार, ओमान र यूएईसँग पनि यस्तो सम्झौता गर्ने तयारी थालेको हो ।
त्यसको लागि आमागी हप्ता कतारको सरकारी टोली नेपाल आउन लागेको श्रम रोजगार तथा सामानिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । कतारको टोलीसँग नेपालमा छलफल गरिसकेपछि नेपाली टोली थप अध्ययन गर्न कतार जाने मन्त्री विष्टको भनाई छ ।
त्यस्तै ओमानको लागि पनि प्रस्ताव पठाईएको छ । यूएईसँग पनि सम्झौता गर्न आवश्यक तयारी भईरहेको र छिट्टै नै समझदारी पत्रमा हस्ताक्षर गरिने मन्त्रि विष्टले बताए । विश्वका करिब १ सय देशमा नेपाली कामदार जान पाउँछन् । सरकारले पहिलो चरणमा बढी कामदारको चाप भएका १२ देशसँग पनि यस्तै सम्झौता गरिने मन्त्री विष्टले बताए ।





























प्रतिक्रिया