सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

केन्द्रबिन्दु
267
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने भएका छन्।

बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले यो निर्णय लिएका हुन् ।

हाल सन्दीप क्यानको केन्द्रीय सम्झौता अन्तर्गत क्याटेगोरी ए मा समावेशमा छन् । उनको यो निर्णय एकाएक आउनुले उनले कतै नेपाली क्रिकेट नै छाड्न लागेका त होइनन् भन्ने आशंका उब्जिएको छ । उनका समर्थकहरु निराश देखिएका छन् । उनी नेपाली क्रिकेटका एक महत्वपूर्ण खेलाडी हुन् र उनको अनुपस्थिति टोलीलाई खड्किन सक्ने अनुमान गरिएको छ।

तर, सन्दीप लामिछानेले यो क्रिकेट वा राष्ट्रबाट टाढा रहने कदम नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, “यो मेरो क्रिकेट यात्रा वा मेरो राष्ट्रप्रतिको प्रतिबद्धताबाट पछि हट्ने कदम होइन। म राष्ट्रिय टोलीको एक सदस्यको रूपमा खेल्न सधैं तयार छु र रहनेछु।”

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्।

सन्दीप आज नै स्कटल्याण्ड भ्रमण गर्ने टोलीमा भने समावेश छन् । उनको यो निर्णयमा क्यानले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। छलफलपछि निर्णय गर्ने बताएको छ । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ ।

Skip This
Skip This
Logo