काठमाडौँ

सरकारले उर्जा क्षेत्रको विकासका लागि ऊर्जा दशक घोषणा गर्ने भएको छ । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको प्रमुख लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले यस्तो तयारी गरिएको हो । "/>

यस्तो छ ऊर्जा दशक घोषणा गर्ने सरकारको तयारी

यस्तो छ ऊर्जा दशक घोषणा गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले उर्जा क्षेत्रको विकासका लागि ऊर्जा दशक घोषणा गर्ने भएको छ । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको प्रमुख लक्ष्यमा सहयोग पु¥याउने उद्देश्यले यस्तो तयारी गरिएको हो । यसका लागि सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसँग आह्वान समेत गरेको छ ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७५–२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गर्ने बताए । हरेक घरलाई ऊर्जा घर बनाउने, विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्व सम्बन्धी विषय पाठ्यक्रममा समेत समावेश गर्ने उनको भनाइ छ ।

खतिवडाले दिगो विकासका लक्ष्य पूरा गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको बताए । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको उनको भनाइ छ ।

ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जा सम्बन्धी काठमाडौंमा सोमबारबाट सुरु भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका उच्च नेतृत्वले सो आह्वान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी गराए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रूपमा आयोजित सो तीन दिने सम्मेलनमा नेपाल लगायत २० देशको सहभागिता छ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा लघु जलविद्युुत परियोजनाबाट ३० मेगावाट विद्युत, ८ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाख भन्दा बढी बायोग्याँस प्लान्ट, १४ लाख सुधारिएको चुलो र १० हजार सुधारिएको पानी घट्ट जडान गरिसकेको छ । साथै लघु जलविद्युत र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।
राजधानीबाट

 

Skip This
Skip This
Logo