काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । "/>

आगामी मंसिर ८ गते विप्लव सार्वजनिक हुँदै : खुलामञ्चमा जनसभा गर्ने तयारी

आगामी मंसिर ८ गते विप्लव सार्वजनिक हुँदै : खुलामञ्चमा जनसभा गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिन अघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो । आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङ लगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

उनले भने– ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ । युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं ।’
दलाल सत्ताको विरोध, वैज्ञानिक राज्यसत्ताको स्थापना र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने क्रान्तिकारीका महासचिब शाहीले बताउनुभयो ।

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo