कलैया

नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । "/>

छठघाटको विवादले गढीमाईमा दुई पक्ष विच कुटाकुट

छठघाटको विवादले गढीमाईमा दुई पक्ष विच कुटाकुट

केन्द्रबिन्दु
0
Shares

कलैया

नजिकिँदै गरेको छठ पर्वका लागि छठघाट बनाउने बिषयमा विवाद हुँदा यहाँको महागढीमाई नगरपालिकामा स्थानीयबीच झडप भएको छ । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर उत्तरतर्फको सार्वजनिक जग्गामा छठघाट बनाउने बिषयमा कुरा नमिल्दा मथुवा र कचहरिया टोलबासी झडप भएको हो ।

झडपमा मथुवा टोलका आठ र कचहरीया टोलका तीन जना घाइते भएका छन् । घाइते मध्ये मथुवा टोलका मोतीलाल कुशवाहा, राजन कुशवाहा र मुकेश कुशवाहाको अवस्था गम्भीर छ । झडपमा घाइते भएका मोतीलाल गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव हुन् ।

छठ पूजाका लागि दुवै टोलका स्थानीयले एकै जग्गामा छठघाट बनाउने तयारी गरेपछि विवाद सुरु भएको थियो । उक्त जग्गामा आफूले छठघाट बनाउन पाउनु पर्ने दुवै टोलले दाबी गर्न थालेपछि छलफल डाकिएको थियो ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव कुशवाहाको पहलमा भइरहेको छलफलमै दुवै पक्षबीच झडप भएको हो । झडप भएपछि बरियारपुरमा रहेको प्रहरी चौकी र सशस्त्र बेस क्याम्पका प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए । दुवै पक्ष आक्रामक हुँदै एकअर्कामा जाई लागेपछि जिल्ला प्रहरी कार्यालयबाट समेत टोली घटनास्थल पुगेको थियो ।
अन्नपूर्णबाट

Logo