काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै बहसका बन्ने गरेको विषय हो, नतिजा प्रकाशन । सबैभन्दा ठुलो र धेरै विद्यार्थी सङ्ख्या भएको त्रिविले समयमै नतिजा प्रकाशन नगर्नाले चौतर्फी आलोचना हुने गरेको छ ।
त्रिविको उपकुलपतिमा जो आए पनि पहिलो एजेण्डा भनेकै समयमै नतिजा प्रकाशन गर्ने हुन्छ । पछिल्लो समय केहि हदसम्म सुधार पनि भनिएको छ । २०८० असोज २७ गते विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा समाप्त भएको १०० दिन भित्र नतीजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।
उक्त समयमा प्रा.डा. धर्मकान्त बास्कोटा थिए । तर अझैसम्म पनि त्रिविले उक्त निर्णय लागू गर्न भने नसकेको महालेखा परिक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । २०७९ चैत २६ गते बि. बि. एस चौथो वर्षको परीक्षा समापन भएको थियो । नतीजा प्रकाशन भने २०८० कार्तिक २० गते भएको थियो अर्थात २०४ दिनमा ।
२०८० बैशाख २१ ग्ते बि. ए पिहलो वर्षको परीक्षा सकिएको थियो । नतीजा १०० दिनमा आउनुपर्थ्याे तर विद्यार्थीले ३५७ दिनसम्म नतिजाको पखाईमा बसे अर्थात् २०८१ बैशाख १३ गते नतिजा प्रकाशन भयो ।
२०८० बैशाख १४ गते बिएड पहिलो वर्षको परीक्षा समाप्त भएको थियो । तर नतिजाका लागि विद्यार्थीहरु ३८९ दिनसम्म पर्खिनुपर्याे ।
त्यसैगरी २०८० बैशाख १६ गते बि. बि. एस पहिलो वर्षको विद्यार्थीहरुले अन्तिम विषयको परीक्षा दिएका थिए । त्रिविले नतिजा प्रकाशन भने २०८१ जेठ २१ मा प्रकाशन गर्याे अर्थात् १०० दिनमा नतिजा आउँछ भनेर पर्खेका विद्यार्थीहरु त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ४०० दिनसम्म कुरायो ।
२०८० साउन ६ गते बिएड तेस्रो वर्षको परीक्षा सकिएको थियो तर त्रिविले नतिजा प्रकाशन गर्न २५० दिन ढिला गर्याे ।
त्यस्तै, २०८० साउन ४ गते बिबिएस तेस्रो वर्षका विद्यार्थीहरुले अन्तिम दिनको परीक्षा दिएका थिए । त्रिविले नतिजा २०८१ असार २० गते प्रकाशन गर्याे अर्थात् ३४६ दिनमा । २०८० भदौ ६ गते बि. एड दोस्रो वर्षको परीक्षा सम्पन्न भएको थियो तर त्रिविले २०८१ असार २० गते नतीजा प्रकाशन गर्याे ।





























प्रतिक्रिया