काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३५० निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु ४ हजार ५०५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो ।
गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




















