हेटौंडामा युएन ग्लोबल रोड सेफ्टी विक

हेटौंडामा युएन ग्लोबल रोड सेफ्टी विक

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक ग्लोबल रोड सेफ्टी विक मनाइएको छ ।

साइकल सिटी हेटौंडाले नासा फाउण्डेसन नेपालसँगको सहकार्यमा सो विकको सन्दर्भमा साइकल सेफ्टीसम्बन्धी छलफल कार्यक्रम हिजो हेटौंडाको हुप्रचौरमा सम्पन्न भएकाे हाे । यसपटकको विकको मुख्य थीम मध्ये साइक्लिङ सेफ्टी समेत रहेको सन्दर्भमा नेपालका साइक्लिङ क्लबले गरेको यस छलफलले नेपाली साइक्लिङको ईतिहासमा महत्वपूर्ण अर्थ राख्नेछ ।

अल्पाइन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले सहजीकरण गरेकाे सो कार्यक्रममा साइकल सिटी हेटौंडाका सल्लाहकारहरु केवल बानियाँ र रामकुमार श्रेष्ठ ले साइकल सिटी हेटौंडाका कार्यक्रम वारे प्रकाश पार्दै प्रदेशका सरकारी कार्यालयमा सुरक्षीत साइकल लेनको लागि प्रस्ताव लाने योजना प्रस्तुत गरे ।

नेपालको सन्दर्भमा साइक्लिङ सभ्यता पर्यटन, यातायात, खेलकुद, वातावरण संरक्षण र रोजगारी तथा सहरी व्यवस्थापन जस्ता महत्वपूर्ण विषयको आधार रहेको ठहर गरियो ।

हेटौंडाको भेलाद्धारा पुर्वाधार निर्माण, पर्यटकीय प्रोडक्ट र गन्तव्य, समयानुकुल नीति र साईकलिस्ट सुरक्षाको क्षेत्रमा सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । युथ फर रोड सेफ्टीका किरण धिताल र साइकल सिटीका सचिव रनिश मानन्धरले सो भेलामा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।

हेटौंडाका साइकलका खेलाडी, प्राविधिक र अभियन्ताहरुको सहभागिता रहेको सो भेला नेपालको साइकल सेफ्टी र बागमती प्रदेशको साहासिक पर्यटनको इतिहासमा एउटा कोशेढुंगा हुने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo