कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु

कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

हाल कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo