दमक
झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन् । ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट आइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैँकमा नगद जम्मा गर्नका लागि गुरुङ्गले भौचर भर्दा साथमा रहेको पैसाको ब्याग लुटिएको थियो । गुरुडले बैंकमा नगद जम्मा गर्नका लागि झोलामा पैसा लिएर आउनु भएको थियो , प्रहरी स्रोतले भन्यो, उहाँ भौचर भर्न लागेपछि उनको साथमा रहेको ब्याग चोरी भएको थियो ।
जिल्ला प्रहरी प्रमुख भिम ढकालले बैँकको सिसिटीभी फुटेज हेरेर लुटेराको पहिचान गरिने र घटनाबारे अनुसन्धान भैरहेको बताए ।
नागरिकबाट





























प्रतिक्रिया