काठमाडौँ

घटस्थापनाको दिन रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ ले ‘रेकर्ड ब्रेक’ गरेको छ । "/>

छक्का पञ्जा–३ ले गर्यो रेकर्ड ब्रेक : १७ दिनमै १६ करोडको व्यापार

छक्का पञ्जा–३ ले गर्यो रेकर्ड ब्रेक : १७ दिनमै १६ करोडको व्यापार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

घटस्थापनाको दिन रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ ले ‘रेकर्ड ब्रेक’ गरेको छ । रिलिज भएको १७ दिनमा १६ करोड ब्यापार गर्न सफल भएको छ । कलाकार दिपकराज गीरि र निर्देशक दिपाश्री निरौलाले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै १७ दिनमै रेकर्ड ब्रेक गरेको दावी गरेका छन् ।

‘छक्का पञ्जा–३’ नेपाली चलचित्र बक्स अफिसमा सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ । यस अघि चलचित्र ‘छक्का पन्जा’ ले १६ करोड र छक्का पञ्जा–२ ले १४ करोड ग्रस कलेक्शन गरेको थियो ।

दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘छक्का पन्जा’ ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ ले १७ दिनमा नै हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई । ’ नेपालमा सवै खर्च कटाएर निर्माताले ३५ प्रतिशत पाउने गरेका छन् । आज सम्मको हिसाबलाई हेर्ने हो भने छक्का पञ्जा–३ का निर्माताले ६ करोड बढी नाफा आर्जन गरिसकेका छन् ।

दिपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दिपाश्री, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, दिपिका प्रसाई लगायतका कलाकारले अभिनय गरेका छन् ।
राजधानीबाट

Logo