पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत बुटवल ब्लास्टरले दोश्रो जित दर्ता गराएको छ ।
पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको ब्लास्टरले ३३ रनले जित हात पारेको हो । पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमा समेटिएको थियो।
यस अघि आफ्नो पहिलो खेलमा बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको थियो । जितसँगै बुटवल पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ।
आजै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा सोमबार बिहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन्।
६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।































प्रतिक्रिया