एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा नआउने भएका छन् । भारतले अर्को वर्ष गणतन्त्र दिवसमा ट्रम्पलाई मुख्य अतिथिको रुममा निमन्त्रण गरेको थियो । "/>

अन्ततः भारतलाई ट्रम्पले धोका दिए, गणतन्त्र दिवसमा नआउने

अन्ततः भारतलाई ट्रम्पले धोका दिए, गणतन्त्र दिवसमा नआउने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा नआउने भएका छन् । भारतले अर्को वर्ष गणतन्त्र दिवसमा ट्रम्पलाई मुख्य अतिथिको रुममा निमन्त्रण गरेको थियो । अमेरिकी अधिकारीहरुले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई एक पत्र लेख्दै ट्रम्प नआउने जनाएका हुन् ।

ट्रम्पको व्यवस्तताका कारण भारतको निम्ता स्वीकार गर्न नसकिएको जनाएका छन् । यसअघि सन् २०१५ मा पूर्वराष्ट्रपति बाराक ओबामा गणतन्त्र दिवसमा भारत आएका थिए । ओबामासँग पनि घरेलु व्यस्तता नै थियो । तर उनले भारत भ्रमणलाई प्राथमिकता दिएका थिए ।

ट्रम्पले घरेलु व्यवस्तता जनाउँदै निम्ता अस्वीकार गरेका हुन् । पछिल्लो समय भारत र अमेरिकाबीच मतभेद भईरहेको छ । अमेरिका आफ्नो चाहना अनुसार भारतले काम नगरेपछि रुष्ट छ ।

भारत रुसबाट एयर डिफेन्स सिस्टम एस-४०० नकिनोस भन्ने अमेरिकाको चाहना थियो । अमेरिकी आपत्तिकाबीच भारतले यो काम पुरा गरेको थियो । जसका कारण ट्रम्पले आफ्नो भारत भ्रमणलाई स्थगित गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Skip This
Skip This
Logo