काठमाडौं । कोपा अमेरिका र युरो कपका पछिल्ला संस्करणका विजेता टोलीहरू अर्जेन्टिना र स्पेनबीच फाइनल खेल हुने भएको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ, युरोपेली फुटबल संघ, अर्जेन्टिना फुटबल संघ र रोयल स्पेनिस फुटबल फेडेरेसनका प्रतिनिधिहरू पुरुष फाइनलसिमाको आयोजनाका लागि तयार भएका हुन् । यो बैठक पाराग्वेको असुन्सियनमा ७५औं फिफा कंग्रेसको अवसरमा बसेकाे थियो। यसमा दक्षिण अमेरिका र युरोपका फुटबलका सर्वोच्च निकायका अधिकारी र प्रतिनिधिहरूको सहभागिता थियो।
वर्तमान विश्व च्याम्पियन अर्जेन्टिनाले २०२२ मा भएको पछिल्लो फाइनलसिमा जितेको थियो। लन्डनको वेम्बली स्टेडियममा भएको उक्त संस्करणमा अर्जेन्टिनाको राष्ट्रिय टोलीले इटालीलाई ३-० ले पराजित गरेको थियो।
खेलका लागि २०२६ काे मार्च २३ र ३१ को मिति प्रस्ताव गरिएकाे छ । फिफाले मार्चको अन्त्यको मिति तय गरेको भए पनि, मेक्सिको सिटीका आयोजक राष्ट्रका सुरक्षा अधिकारीहरू र २०२६ विश्वकप आयोजकहरूसँग समन्वयपछि यसको अन्तिम स्वीकृति आउन बाँकी छ । फिफाले यो खेल आयोजना गर्नुअघि सुरक्षा अधिकारीहरूबाट स्वीकृति लिनुपर्नेछ, किनकि त्यस समय २०२६ विश्वकप नजिकिँदै गर्दा हुनेछ।































प्रतिक्रिया