काठमाडौं । डेन्टल प्वाइन्ट प्रालीले दाँतलाई सिधा बनाउने नयाँ प्रविधिमा आधारित अमेरिकी ब्राण्ड इनभिजलिन नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले हालै एक विशेष कार्यक्रम आयोजना गरी यो प्रविधिको बारेमा जानकारी गराएको हो।
कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले नेपालभर दक्ष दन्त चिकित्सकहरूको माध्यमबाट इनभिजलिन ब्राण्डको क्लियर अलाइनर उपलब्ध हुने बताइन्। उनले दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधिभन्दा यो प्रविधि धेरै गुणा उपयुक्त रहेको दाबी गरिन्।
‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिवारे जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ,’ पाण्डेले भनिन्, ‘क्लियर अलाइनरको प्रयोगले बिरामीले चाँडो-चाँडो चिकित्सक भेट्नपर्ने बाध्यता समेत हट्नेछ। दाँतमा तार बाँध्ने, खोल्ने गरिरहनुपर्दा बिरामीलाई दुखाई र पीडा धेरै हुने हुँदा विश्वभर क्लियर अलाइनरको प्रयोग बढ्दै गएको छ।’
डेन्टल प्वाइन्टले इनभिजलिनको प्रयोगका लागि ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गराएको जानकारी दिएको छ। अब इच्छुक व्यक्तिहरूले सहज रूपमा यो प्रविधि अपनाएर आफ्नो दाँतलाई सुन्दर र आकर्षक बनाउन सक्नेछन्।































प्रतिक्रिया