नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।
यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन् । माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेल नेपालले बंगलादेशबिरुद्ध खेल्दैछ । त्यही खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । शनिबार सातदोवाटो मैदानमा माल्दिभ्सलाई बंगलादेशले ९–० गोलले हराउँदा उसका निहत जमानले ह्याट्रिकसहित ४ गोल गर्दा रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे ।
त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे । पहिलो हाफमा चार गोल गर्दा जमानले ह्याट्रिक गरेका थिए । बंगलादेशले दोस्रो हाफमा पाँच गोल गरेको थियो ।































प्रतिक्रिया