पर्वत

जिल्लाको महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । "/>

बाँदर आतंक रोक्न गाउँपालिकाद्वारा ३० लाख बजेट विनियोजन

बाँदर आतंक रोक्न गाउँपालिकाद्वारा ३० लाख बजेट विनियोजन

केन्द्रबिन्दु
0
Shares

पर्वत

जिल्लाको महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय बाँदर नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।

गाउँपालिका भित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथ अन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए  । ‘पहिला–पहिला गाउँपालिका र वडाहरूमा केही काम लिएर कृषकहरू आउँदा पनि पहिलो गुनासो बाँदर आतंककै हुन्थ्यो,’ उनले भने, ‘अहिले भने अभियान प्रति सन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँच जनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए ।
नयाँ पत्रिकाबाट

Logo