लखनऊ सुपर जायन्ट्स आईपीएल २०२५ को प्लेअफ दौडबाट बाहिरियाे

लखनऊ सुपर जायन्ट्स आईपीएल २०२५ को प्लेअफ दौडबाट बाहिरियाे

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । लखनऊ सुपर जायन्ट्स आईपीएल २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। आइतबार राति भएको आफ्नो १२औं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच) सँग ६ विकेटले पराजित भएपछि लखनऊको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको हो।

लखनऊले दिएकाे २०५ रनकाे लक्ष्य हैदराबादले ४ विकेटकाे क्षतिमा १० बल बाँकी छँदै पूरा गर्‍यो। अभिषेक शर्माको उत्कृष्ट ब्याटिङ गरे । उनले ले २० बलमा ६ छक्कासहित ५९ रन जाेडे । हेनरिक क्लासेनले ४७ रन बनाउँदा इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले ३२ रन जाेडे ।

यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबादले ट्राभिस हेड बिना पनि आफ्नो ब्याटिङ क्षमता प्रदर्शन गरेकाे हाे ।

त्यसअघि एकाना स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन जोड्यो । लखनउले खेलको सुरुवातमा शानदार प्रदर्शन गरेको थियो। मिचेल मार्श र एडेन माक्रमले ११ रन प्रति ओभरको दरले १ सय १५ रनको साझेदारी गरेका थिए। मार्शले ६५ रन जोड्दा माक्रम ६१ रनमा आउट भए ।

ओपनरद्वयको अर्धशतकपछि निकोलस पुरनले २६ बलमा ४५ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पहिलो १० ओभरमा १ सय ८ रन बनाएको एलएसजीले अन्तिम १० ओभरमा ७ विकेट गुमाएर मात्र ९७ रन जोड्न सक्यो।

अब सबैको नजर मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको खेलमा हुनेछ, जसले प्लेअफको अन्तिम टोलीको टुङ्गो लगाउनेछ।

Skip This
Skip This
Logo