ब्राइटनले च्याम्पियन लिभरपुललाई हरायो

ब्राइटनले च्याम्पियन लिभरपुललाई हरायो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले हार व्यहोरेको छ । ब्राइटनले सोमबार राति भएकोखेलमा लिभरपुललाई ३-२ ले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा हार्वे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर ३२औं मिनेटमा यासिन अयरीले ब्राइटनका लागि बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा डोमिनिक स्जोबोस्ज्लाईले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए।

दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट प्रदर्शन गर्‍यो। ६९औं मिनेटमा काउरु मिटोमाले बराबरी गोल गरे भने खेलको ८५औं मिनेटमा सब्सिच्युट खेलाडी ज्याक हिन्शेलवुडले गोल गर्दै ब्राइटनलाई नाटकीय जित दिलाए ।

यो जितसँगै ब्राइटन लिगको आठौं स्थानमा उक्लिएको छ र युरोपा लिगमा छनोट हुने सम्भावनालाई जीवित राखेको छ। उपाधि जितिसकेको लिभरपुललाई भने यो हारले कुनै असर पारेन ।

Skip This
Skip This
Logo