लामिन यामललाई बार्सिलोनाको प्रतिष्ठित १० नम्बर जर्सी दिइने

लामिन यामललाई बार्सिलोनाको प्रतिष्ठित १० नम्बर जर्सी दिइने

केन्द्रबिन्दु
78
Shares

काठमाडाैं । स्पेनिस लिग च्याम्पियन बार्सिलोनाका युवा स्टार लामिन यामलले आगामी सिजनमा क्लबको प्रतिष्ठित १० नम्बर जर्सी लगाउने भएका छन्।

यामल जुलाईमा १८ वर्ष पुग्ने बित्तिकै नयाँ सम्झौता मात्र नभई क्लबको प्रतिष्ठित १० नम्बर जर्सी पनि पाउने चर्चा चलेकाे हाे । हाल अन्सु फातीसँग रहेको यो प्रसिद्ध जर्सी फाती क्याम्प नोउमा रहे पनि यामाललाई हस्तान्तरण गरिने बताइएकाे छ ।

१० नम्बरको जर्सीले प्रतीकात्मक महत्व मात्र बोकेको छैन, यसले लियोनेल मेसीको विरासत पनि बोकेको छ । क्लबका लिजेन्ड मेसीले २००८ देखि २०२१ मा क्लब छोड्दासम्म यो जर्सी लगाएका थिए।

Skip This
Skip This
Logo