काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाई हुन सकेको छैन । हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो ।
यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो। तर, सोमबार पनि हेर्न मिलेन ।
लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा लामिछाने हाल भैरहवा कारागारमा छन् ।





























प्रतिक्रिया