पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा अहिले धनगढी ब्ल्यु र काठमाडौं रोयल्सबीचको खेल भैरहेको छ । आज भएको यो दोश्रो खेलमा काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।
काठमाडौं रोयल्स, ज्ञानेनद्र मल्लको कप्तानीमा रहेको छ भने धनगढी ब्ल्यु, दिपेन्द्रसिं ऐरीको कप्तानीमा रहेको छ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।































प्रतिक्रिया