उर्जामन्त्री खड्काको दाबी- विद्युत प्राधिकरणको श्वेतपत्र यथार्थपरक छ

उर्जामन्त्री खड्काको दाबी- विद्युत प्राधिकरणको श्वेतपत्र यथार्थपरक छ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् । उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको श्वेतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाँडै अडिट हुँदैछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’

महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए ।

‘याे नयाँ एमडी आएपछि भएको हैन । पूर्व एमडी हुँदैमा उहाँले प्रस्ताव ल्याउदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ । यो तालमेल मिलेको छैन । त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आइसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ । तपाईं नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौं,’ उनले भने ।

Logo