काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता जोलीले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिँदै भारतले युद्ध नचाएको बताएका हुन् ।
‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले भनेका छन् । आदेश छ हामी पूरै दक्षिण एसियामा आतङवादको परिक्षण गर्न दिँदैनौ । भारत युद्ध चाहदैन । भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाई पनि थियो,’ उनले भने ।
उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरु उनको धर्मको नाममा आतङवादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरीे भाइचारा सम्बन्ध निर्वाह गरेको भन्दै पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए ।































प्रतिक्रिया