दमौली (तनहुँ) । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेस भानु नगरसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा प्रवक्ता महतले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताएका हुन् । पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ ।
कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गरे ।
प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे ।































प्रतिक्रिया