पीपीएल टी-२०: पोखरा पल्टनको विजयी शुरुवात

पीपीएल टी-२०: पोखरा पल्टनको विजयी शुरुवात

केन्द्रबिन्दु
0
Shares

आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा नटआउट ४१ रन बनाए।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशलले ३८ रन बनाए। दोस्रो विकेटका लागि आसिफले रविन्दर सिंहसँग ९७ रनको साजेदारी गरेका थिए। आसिफल पोखराका लागि सर्वाधिक ५२ रन बनाए। रविन्दर सिंहले ४४ रन जोडे।

विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा शहाब आलमले १ विकेट लिए। पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाएर १३९ रन मात्र बनायो।

पीपीएलमा शनिवार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ। ६ टिम सहभागी खेलको विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo