काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीबिच बैठकमै भनाभनको अवस्था सिर्जना भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकको सुरुमा सभापति पोखरेलले समय नदिँदा नदिँदै मोदी बोल्न खोजेपछि विवाद उत्पन्न भएको हो । साे क्रममा पोखरेलले ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए । ‘तपाईं युट्युबर बोकेर आउनु भएको छ । तपाईं सुटिङ गर्न आउनु हो कि बैठकमा ?’, आक्रोशित हुँदै पोखरेलले भने । त्यसपछि उनीहरुबिच भनाभन भएको हो ।































प्रतिक्रिया