काठमाडाैं । अर्घाखाँचीको मालारानी गाउँपालिका–१ की मनिषा विकको २१ महिनाकी छोरी आध्या बिक दुर्लभ स्नायु सम्बन्धी रोग हाइपरम्याङ्गानेसेमिया बाट पीडित थिइन्। प्रारम्भमा सामान्य रूपमा हिँड्डुल गर्न सक्ने बालिका पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेपछि परिवारमा गम्भीर चिन्ता उत्पन्न भएको थियो।
अनगिन्ती प्रयासपछि आध्यालाई अन्ततः काठमाडौँ मेडिकल कलेज (केएमसी) ल्याइयो, जहाँ नेपालकै पहिलो डीएम पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण गर्यो। एमआरआई तथा अन्य जाँचपश्चात्, डा. मिश्रले उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि गरे, जुन रोग दुनियाँमै अत्यन्तै दुर्लभ मानिन्छ।
यो रोग मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको हुन्छ र यसको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ। यद्यपि डा. मिश्र र उनको विशेषज्ञ टोलीले तत्कालन उपचार प्रक्रिया सुरु गरे। केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छिन्।
“छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनिषा बिक ले भनिन्।

नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक चरणमा रहेको बेला, यति जटिल रोगको सफल पहिचान र उपचार ऐतिहासिक मानिएको छ । डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन्।
केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो। केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ। उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।





























प्रतिक्रिया