राजावादीहरुको प्रदर्शनलाई प्रतिबन्ध लगाउन सक्ने सरकारको चेतावनी

राजावादीहरुको प्रदर्शनलाई प्रतिबन्ध लगाउन सक्ने सरकारको चेतावनी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै मन्त्री गुरुङले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विरोधमा हुने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका उनले भने, “जनतामा निहित सार्वभौमसत्ता सङ्घीय लोकतान्त्रिक गणतन्त्र जेठ १५ गते स्थापना भएको हो । यो सबै नेपाली जनताको गौरव र उत्सवको दिन हो । गणतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै पूर्वराजा समर्थकले विरोध गर्नु अर्थहिन छ ।”

लोकतन्त्रमा बोल्ने र विरोध गर्ने छुट हुँदाहुँदै पनि सार्वभौमसत्तामाथि आँच आउने, हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई पनि नहुने बताउँदै विद्यमान शासन व्यवस्था विरोधी गतिविधिमा सलग्न जो कोहीलाई कानुनबमोजिम कारवाही हुने स्पष्ट गरे । “हिंसात्मक क्रियाकलापले उग्ररुप लिएमा जनताको रक्षाका लागि सरकारले प्रतिबन्ध लगाउन सक्छ”, मन्त्री गुरुङले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैन ।”

Logo