काठमाडाैं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाअधिवेशन आजबाट पोखरामा सुरू हुँदैछ।
एमाले (अध्यक्ष) एवम प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको उनले बताए।
युवा संघमा ४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने प्रावधान रहेको छ । महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन्। महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
नेतृत्व दावीमा हालका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी भावी नेतृत्वको दौडमा छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले राष्ट्रिय युवा संघको दसौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । २०४६ सालमा स्थापना भएको ‘यो संगठनको संस्थापक अध्यक्ष प्रधानमन्त्री र पार्टीका अध्यक्ष स्वयं हुन् । त्यसकारण पनि एमाले बृतमा यसलाई महत्वका साथ हेरिएको छ ।































प्रतिक्रिया