धनुषा । नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित यादवले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन् । भोला रघुवीर महासेठ पक्षका हुन् ।
उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाएका हुन् । यस्तै सचिवमा दिपनारायण ठाकुर, उपसचिवमा पुरुष तर्फ सबिनविक्रम थापा र महिलातर्फ उपसचिवमा रुपाकुमारी मिश्रा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन्।
उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबिच कुटाकुट हुँदा स्थगित भएको मतदान बिहीबार गराइएको थियो। एमाले मधेस प्रदेश ईन्चार्ज लिलननाथ श्रेष्ठ, केन्द्रीय सदस्य उमाशङ्कर अरगरिया, सरोज यादव र पार्टी सचिव रधुविर महासेठ समूह रहेको थियो ।





























प्रतिक्रिया