रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले शनिबार नै बस्नेगरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो।

आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको रास्वपाले जनाएको छ।रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्नेछ। बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको बताइएको छ।

शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।

Skip This
Skip This
Logo