काठमाडौं । विश्वको राजनीतिमा उदाउँदै गरेका दुई शक्तिशाली राष्ट्र भारत र चीनको बीचमा अवस्थितीका कारण नेपाल एउटा बफर जोन हो । जसको आफ्नै चुनौती र अवसर हुने गर्दछन् ।
चीन १९.२३ ट्रिलियन अमेरिकी डलरका साथ विश्को दोश्रो र भारत ४.१९ ट्रिलियन अमेरिकी डलरका साथ विश्को चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो । जनसंख्याका हिसाबले पनि भारत र चीन क्रमश विश्को पहिलो र दोश्रो ठुलो राष्ट्र हो । क्षेत्रफलमा पनि नेपाल भन्दा चीन ६५ गुणा र भारत २२ गुणा ठलो राष्ट्र हो ।
विश्व बजारमा ३० प्रतिशत हिस्सा ओगट्ने चीन कतार, मलेसिया, सिंगापुर लगायतका देशहरुको बिकास यात्राका महत्वपुर्ण सहयात्री हुन् । भारतले पनि बिकासिय क्षेत्रमा भरपुर लगानी गर्ने गर्दछ । तर यि दुबैको प्राथमिकतामा नेपाल अझै पर्न सकेको छैन् । जबकी नेपालको कम्युनिष्ट दलहरुको चीनसंग राम्रो सम्बन्ध रहेको मानिन्छ । भने काँग्रेसको सम्बन्ध भारत संग राम्रो भएको भनिन्छ । तर यी भनाईहरु शायद मिडियामा चर्चा सम्म सिमित छन् वा यिनको दलीय महत्वाकांक्षाँ भन्दा अगाडी बढ्न सकेको छैन ।
विकास र समृद्घिको अपार सम्भावना हुदापनि हामीले यथोचित लाभ लिन नसक्नुमा अदुरदर्शी नेतृत्व र राजनीतिक अस्थिरता मुख्य कारण हुन् । दलिय स्वार्थ हावी भएर अपरिपक्व राजनीतिक संस्कार र अस्थिर बिदेश नीति हाम्रो कमजोरी बनेको छ ।
आज यो प्रसङ्ग फेरि केलाउनु पर्ने शाईत जुर्नुमा एउटा उच्चस्तरिय राजनीतिक टोलीको चीन भ्रमण संग सम्बन्धित छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि शनिबार राती १४ जनाको टोलीसहित चिनको ग्वाङ्झाउ भएर बेइजिङ प्रस्थान गर्दै छिन् । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निम्तोमा जान लागेको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, भण्डारीका देवर डा कैलाश भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रविष्टलगायतका छन् ।
भ्रमणमा सरकारका मन्त्रि पनि सहभागी छन् तर भ्रमण दलिय हिसाबको देखिन्छ । चीनीया कम्युनिष्ट पार्टीकै निमन्त्रणामा भण्डारीको टोलीमा एमालेका नेताहरु जान लागेका हुन् । सक्रिय राजनीतिमा ईच्छा देखाईरहेकी पुर्व राष्ट्रपति भण्डारीको यस चीन भ्रमणलाई अर्थपुर्ण मानिएको छ ।
कुन हैसियतमा र के बिशेषमा यो भ्रमण हुदैछ न त सरकारले न त भण्डारीकै सचिवालयले प्रष्ट्याएको स्थिती छ । तर उनको राजनीतिक सक्रियतालाई यस भ्रमणले अवश्य उजागर गरेको छ । राष्ट्रपति संवैधानिक पद हो । पदमुक्त भएपछि त्यस उपरान्त पुर्व बिशिष्टका हैसियतमा सामान्य सामाजिक जिवन ब्यतित गर्ने मान्यता भन्दा अलग पार्टीको राजनीतिमा हस्तक्षेप गरिरहेको आरोप लाग्ने गरेको छ । जसले उनको सक्रियतालाई चर्चा दिलाएको हो । अब चीन भ्रमणले थप प्रष्ट गरेको छ । यसमा उनलाई कुनै प्रकारको बैधानिक बाधा देखिदैन तर आलोचना गर्नेहरु छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको महत्वपूर्ण भ्रमण सुरु गर्दा, यो यात्राले नेपालका लागि आफ्ना शक्तिशाली छिमेकीहरू, भारत र चीनसँग कूटनीतिक सम्बन्ध सन्तुलन गर्ने निरन्तर प्रयासहरूलाई जोड दिने अपेक्षा गरिएको छ । भ्रमणको उद्देश्य सम्बन्धलाई सुदृढ पार्नु र आर्थिक अवसरहरू अन्वेषण गर्नु हो।
राष्ट्रपति भण्डारीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध बढाउने र विदेशी लगानी आकर्षित गर्ने नेपालको व्यापक रणनीतिको एक हिस्सा भनिएको छ । २०१९ मा उनको अघिल्लो राजकीय भ्रमणको क्रममा, नेपाल र चीनले २०१६ को व्यापार र पारवहन सम्झौतासँग सम्बन्धित प्रोटोकलहरू सहित धेरै सम्झौताहरूमा हस्ताक्षर भएका थिए, जसको उद्देश्य कनेक्टिभिटी र व्यापार मार्गहरू सुधार गर्नु थियो । ती प्रयासहरू चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ सँग मिल्दोजुल्दो छन् । जसमा नेपाल २०१७ मा सामेल भएको थियो, जसले आर्थिक वृद्धिको लागि पूर्वाधार विकासलाई फाइदा पु¥याउन महत्वपुर्ण मानिएको थियो ।
यसपटकको भ्रमण पनि नेपालको संरचनागत बिकासको गतिमा तिब्रता ल्याउन सहयोगी होस् भनी आमचासो रहने स्वभाविक नै हो । चीनिया पक्षले गर्न सक्ने लगानी र प्रविधी हस्तान्तरणको माध्यम सहज बन्न सक्नु एक महत्वपुर्ण उपलब्धी हुन सक्छ ।
तर भारत र चीन बीचको नेपालको रणनीतिक स्थानले नाजुक कूटनीतिक सन्तुलन बनाउने दृष्टिले पनि भेट बिश्लेषण हुनेमा दुईमत छैन् ।
चीनसँगको सम्बन्धलाई सुदृढ पार्दै, नेपालले भारतसँगको आफ्नो लामो समयदेखिको सम्बन्धलाई पनि विचार गर्नुपर्छ। अमेरिकी अनुदान प्राप्त मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजनामा देशको सहभागिताले पनि चीन शसंकित देखिएका छन् । सम्बन्ध प्रगाढको गतिशीलतालाई अझ जटिल बन्न नदिन र यसलाई नेपालको बृहत्तर हितमा उपयोग गर्न सक्नु देशको सामु रहेको एकमात्र चुनौती हो । यसले अन्तर्राष्ट्रिय साझेदारीलाई विविधीकरण गर्न र आत्मनिर्भर अर्थतन्त्र तिरको हाम्रो यात्रामा मजबुत पहलकमदमीको भुमिका खेल्न सक्ने वा नसक्ने तिर आँखाहरु तेर्सिएका छन् ।
राष्ट्रपति भण्डारीको चीन भ्रमणले अन्तर्राष्ट्रिय सहयोग मार्फत आर्थिक विकासको नेपालको प्रयासलाई प्रकाश पार्न सकिने सम्भावना छ । यद्यपि, यसले सम्भावित ऋणको जोखिमबाट बच्न सावधानीपूर्वक संलग्नताको महत्त्वलाई पनि जोड दिन जरुरी छ ।
नेपालले आफ्नो वैदेशिक सम्बन्धलाई निरन्तर अगाडि बढाउँदै जाँदा, यसको आर्थिक हित र सार्वभौमिकताको रक्षा संगै पारदर्शी र रणनीतिक निर्णय प्रक्रिया महत्त्वपूर्ण हुनेछ । र भुराजनीतिक सन्तुलन मिलाउने खालका नीति अवलम्बनको खाँचो कायम छ ।































प्रतिक्रिया