युवा संघ महाधिवेशनः अध्यक्षमा थेबेसँग पुरीले प्रतिस्पर्धा गर्ने, भोटिङ मेसिन ल्याइयाे

युवा संघ महाधिवेशनः अध्यक्षमा थेबेसँग पुरीले प्रतिस्पर्धा गर्ने, भोटिङ मेसिन ल्याइयाे

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालको पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका थियो । तर राति पौने १० बजे एकाएक निर्वाचन कार्यतालिका आइतबार बिहान ६ बजेसम्मका लागि स्थगित गरिएको थियो । मतदान हुने सम्भावना बढेपछि काठमाडौंबाट ४५ वटा भोटिङ मेसिन शनिबार साँझ पोखरा ल्याइएको छ ।

शनिबार रातभरमा सहमति नजुटेमा आइतबार दिउँसो २ बजेपछि मतदान सुरु गर्ने तयारी छ । महाधिवेशनमा देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट भएका छन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्षमा दोहोर्‍याउन अध्यक्षमण्डललाई निर्देशन दिइसकेका छन् । तर, हालमा महासचिव सुमन पुरीले अडान नछोडेपछि सर्वसम्मत हुन नसकेको हो ।

शुक्रबारदेखि संघको संस्थापक अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उद्घाटन गरेर गरेकाे महाधिवेशन शनिवार सक्किने पूर्वतालिका थियो । अब अधिवेशन केही दिन लम्बिने देखिएको छ ।

Skip This
Skip This
Logo