काठमाडाैं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले दिएको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै ६ विकेटको सनसनीपूर्ण जित हासिल गरेकाे छ ।
पहिले ब्याटिङ गर्दै, पञ्जाब किंग्सले आफ्नो निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०६ रनको प्रभावशाली योगफल खडा गर्यो । तर दिल्लीले आक्रामकताका साथ जवाफ दिँदै १९.३ ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएकाे हाे ।
दिल्लीका लागि समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन जोडे । त्यस्तै, करुण नायरले २७ बलमा ५ चौका र २ छक्काको मदतमा ४४ रन, ओपनर केएल राहुलले २१ बलको सामना गर्दै ३५ रन जोडे ।
पञ्जाबका हप्रित ब्रारले २ विकेट लिए ।
दिल्लीले यो जितका साथ सिजनको सुखद अन्त्य गरेको छ । पञ्जाबको शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।































प्रतिक्रिया