प्रधानमन्त्री ओलीको कटाक्ष- यी राजावादी होइनन्, खाओवादी हुन्

प्रधानमन्त्री ओलीको कटाक्ष- यी राजावादी होइनन्, खाओवादी हुन्

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारेका छन् ।

वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै उद्देश्यको लागि नभई आफ्नो स्वार्थका लागि लडिरहेको बताएका हुन् ।

‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’ उनले भने, ‘प्राणभन्दा प्यारो छ भने, वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’

Logo