कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिएका हुन् । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने । उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । “कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उनले भने ।

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।

Logo