अलिशा राईको नयाँ रोजाईमा लक्जरी भेरियन्ट ‘ओमोडा ई–फाइभ’

अलिशा राईको नयाँ रोजाईमा लक्जरी भेरियन्ट ‘ओमोडा ई–फाइभ’

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् । यो सँगै उनले विद्युतीय गाडीको यात्रामा पाइला चालेकी छिन् ।

‘लुट २’ (२०१७) मा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी अलिशा राई, राई भाषाको फिल्म बिनायो बाट पनि अत्यधिक रुचाइएकी हुन्। अब उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ रोजेकी छिन्, जुन शक्ति, स्टाइल र टिकाउपनको राम्रो संयोजन भएको गाडी हो।

ओमोडा ई–फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा गर्न सक्छ अनुसार), जसले शहर भित्रको यात्रा होस् वा लामो दूरी — दुबैका लागि भरपर्दो साथ दिन्छ । यो गाडीले ० देखि १०० किमी/घण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमी/घण्टा छ, जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव दिन्छ।

आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषताहरू र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ, जसले अलिशा राईको जीवनशैलीसँग पूर्ण मेल खान्छ । उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीहरूमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।

Skip This
Skip This
Logo