भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको कांग्रेसको निष्कर्ष

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको कांग्रेसको निष्कर्ष

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री लेखक यस प्रकरणमा संलग्न नभएको तर जबरजस्ती जोडेर अफवाह फैलाइएको निष्कर्ष निकालेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

गृहमन्त्री लेखकको नाम पछिल्लोसमय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा मुछिएको छ । ध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि हाल उनको पार्टीभित्रै नैतिकताको आधारमा राजीनामाको माग उठेको छ ।

Skip This
Skip This
Logo