तीनकुने घटनाका प्रतिवादीहरुको थालियो बयान

तीनकुने घटनाका प्रतिवादीहरुको थालियो बयान

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रतिवादी बनेकाहरुको बयान लिन थालिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सोमबारबाट प्रतिवादीहरूको बयान सुरु भएको हो ।सोमबार प्रदर्शनका नाइके भनिएका दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि आइतबार मात्रै अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । तर, ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको छ ।

Skip This
Skip This
Logo