शहीदस्मारक काभ्रे जिल्ला स्तरीय भलिबलको नतिजा खानीखोलाको पोल्टामा

शहीदस्मारक काभ्रे जिल्ला स्तरीय भलिबलको नतिजा खानीखोलाको पोल्टामा

केन्द्रबिन्दु
0
Shares

पनौती ।

शहीद दिवसको अवसर पारेर आयोजना गरिएको शहीदस्मारक काभ्रे जिल्ला स्तरीय भलिबल प्रतियोगिताको विजेता खानीखोला गाउँपालिकाको पोल्टामा गएको छ ।

दलिञ्चोक भलिबल क्लबले आयोजना गरेको गत सोमबारबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा क्लबहरु गरी १४ समूह सहभागी रहेका थिए । लिगको आधारमा खेलाइएको खेलको शुक्रवार भएको फाइनल खेल महाभारत तथा खानीखोला गाउँपालिकाबीच भएको थियो । विजेता दुई समुहबीच बेस्ट अफ फाइभको आधारमा खेलाइएको पहिलो खेलमा महाभारतको १८ तथा खानीखोलाले २५ अंक प्राप्त गरेका थिए । दोस्रो खेलमा २३ का विरुद्धमा खानीखोला गाउँपालिकाले नै २५ अंक प्राप्त गरको थियो । खानीखोलालाई पछि पार्दै महाभारतले तेस्रो र चौथो खेलमा क्रमश २४ का विरुद्ध २६ र २२ का विरुद्ध २५ ल्याउन सफल भए पनि अन्त्यमा ११ का विरुद्ध १५ अंक प्राप्त गरेसँगै खानीखोलाले विजय हासिल गरेको थियो ।

प्रतियोगितामा महाभारत गाउँपालिका दोस्रो, गौखुरेश्वर युवाक्लब तथा मण्डनदेउपुर नगरपालिका तेस्रो भएका थिए । भलिबल प्रतियोगितामा बेस्ट स्टाइकर सुवास थोकर, बेस्ट ब्रकर बेन बहादुर राना, बेस्ट स्पाइकर प्रदीप सिङतान, तथा बेस्ट प्लेयरको उपाधी सुमन थोकरले हात परेका थिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल ट्रफी तथा प्रमाण पत्र द्वितीय हुने टिमलाई नगद २० हजार मेडल, ट्रफी र प्रमाण पत्र तथा तृतीय हुने २ टिमलाई नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो । विजेता खेलाडीहरुलाई प्रदेश सभासद चन्द्रबहादुर लामा, पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सुधिर सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष कुमार बस्नेतले आगामी दिनमा यसप्रकारका खेललाई निरन्तरता दिइने बताएका थिए ।

Skip This
Skip This
Logo