मुम्बईलाई हराउँदै पञ्जाब किंग्स आईपीएलको पहिलो क्वालिफायरमा

मुम्बईलाई हराउँदै पञ्जाब किंग्स आईपीएलको पहिलो क्वालिफायरमा

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ । गएराति भएको लिगचरणको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गर्दै पञ्जाब शीर्ष स्थानमा पुगेको हो ।

याेसँगै पञ्जाब १० वर्षपछि छनोटमा प्रवेश गरेको छ। यसअघि, टोली २०१४ मा छनोट चरणमा पुगेको थियो। अब दोस्रो टोलीको छनोट मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलबाट हुनेछ।

सोमबार मुम्बईले दिएको १८५ रनको लक्ष्य पञ्जाबले १८.३ ओभरमा तीन विकेट गुमाउँदै १८७ रन बनाएको हो । पञ्जाबका लागि पञ्जाबको जितमा प्रियन्स अर्या र जोश इंग्लिसले सानदार इनिङ खेले । अर्याले ३५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा इंग्लिसले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७३ रनको इनिङ खेले । त्यस्तै कप्तान श्रेयस अय्यर २६ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै सूर्यकुमार यादवको ५७ रनको अर्धशतकीय इनिङमा १ सय ८४ रन बनाएको थियो । यादवले ३९ बलमा ५७ रन बनाउँदा र्यान रिकेलटनले २७ तथा रोहित शर्माले २४ रन बनाए ।

हाल बैंगलोर तेस्रो स्थानमा छ र मंगलबार लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल खेल्दैछ । यदि बैंगलोरले यो खेल जित्यो भने दोस्रो स्थानमा पुग्नेछन् र मे २९ मा पञ्जाबविरुद्ध क्वालिफायर-१ खेल्नेछन्। पराजित भएमा मुम्बईसँग खेल्नेछ ।

Logo