राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि मतदान सुरु

राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि मतदान सुरु

केन्द्रबिन्दु
51
Shares

पोखरा । शुक्रबारबाट पोखरामा जारी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।

पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।

निवर्तमान अध्यक्ष थेबेको प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले, लेखा आयोगको अध्यक्ष किसुन जैशी, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, अनुशासन आयोगको अध्यक्ष मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा उम्मेदवार बनेका छन् ।

पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम महासचिव कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा सचिवमा ध्रुव खड्का र अरुण कुँवर महिला सचिवमा रेशु तामाङ र मधेशी तर्फ चितरन्जन यादवले उम्मेदवार वनेका छन् ।

आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल उम्मेदवार बनेका छन् ।

Logo