स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘ट्रिपल ए’ रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘ट्रिपल ए’ रेटिङ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले छैटौंपटक ट्रिपल ए रेटिङ पाएको छ । क्रेडिट एजेन्सी इक्राले यो रेटिङ पुनः पुष्टी गरेको हो । ट्रिपल ए रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ ।

आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारणहरू हुन्। चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

बैंकको नन–पर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ। यस्ता संकेतहरूले बैंकको उधार प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखिएको उल्लेख गरिएको छ।

बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, “छैटौं पटक पनि ट्रिपल ए रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो। यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ।

Skip This
Skip This
Logo