काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब घर घरमा बिजुलीको तार लैजाने बताएका छन् । हरेक घरको चुलोमा ग्यास पाइपलाइन पुयार्उने दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अब ग्यास पाइपलाइन होइन सबै चुलोमा बिजुलीको तार लैजाने दाबी गरेका हुन् । "/>

प्रधानमन्त्रीले फेरि बाँडे नयाँ सपना, ‘अब घरघरमा बिजुलीको तार’

प्रधानमन्त्रीले फेरि बाँडे नयाँ सपना, ‘अब घरघरमा बिजुलीको तार’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब घर घरमा बिजुलीको तार लैजाने बताएका छन् । हरेक घरको चुलोमा ग्यास पाइपलाइन पुयार्उने दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अब ग्यास पाइपलाइन होइन सबै चुलोमा बिजुलीको तार लैजाने दाबी गरेका हुन् ।

लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि खरिद गरेका पाँचवटा विद्युतिय बसको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यासको पाइप होइन बिजुलीको पाइपबाट खाना बनाउने सुविधा उपलब्ध गराउने बताएका हुन् ।

‘विज्ञान र प्रविधि मानव जीवनलाई सहज तुल्याउनका लागि सहयोगी बनेको छन् । त्यसैले अघिल्लो कार्यकालमा मैले ग्यास सिलिण्डरको सट्टा घरघरका चुल्होमा ग्यास पाइप जोडिदिने भनेको थिएँ । त्यतिबेला निकै चर्चाको विषय बन्यो त्यो । छिट्टै ग्यासको पाइप हैन, बिजुलीको तार चुलोमा जोड्ने छौँ सबैका घरघरमा । संसार छिटोछिटो बगेको छ । केही वर्षभित्र ग्यास पाइप चुलोमा रहने छैन । हामीले बिजुलीको तार जोडिने छ । त्यतातर्फ जाँदै छौँ । केहीलाई फेरी अनौठो लाग्न सक्छ ।

नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने दाबी गर्दै बिजुलीबाट सवारी साधान चलाउन पनि समस्या नहुने उनले बताए । बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी गरे ।

 

Skip This
Skip This
Logo