भैरहवा । भारतको आजमगढमा कार दुर्घटनामा परी ४ नेपालीको मृत्यु भएको छ । आजमगढ जिल्लास्थितको जिएननगरमा सोमबार बिहान तिर्थ गर्न बनारस गएका अनटेष्ट कार दुर्घटना परी एकै परिवारका ४ नेपालीको मृत्यु भएको हो । "/>

भारतमा कार दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीको मृत्यु

भारतमा कार दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भैरहवा । भारतको आजमगढमा कार दुर्घटनामा परी ४ नेपालीको मृत्यु भएको छ । आजमगढ जिल्लास्थितको जिएननगरमा सोमबार बिहान तिर्थ गर्न बनारस गएका अनटेष्ट कार दुर्घटना परी एकै परिवारका ४ नेपालीको मृत्यु भएको हो । दुई जना घाइते छन् ।

सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार सोमबार बिहान ३ बजे दुर्घटनामा परेको रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ चावहिल सरस्वतीनगर निवासी ७५ वर्षीय गोरख श्रेष्ठ, उनका छोरा ४३ वर्षीय नविन श्रेष्ठ, बुहारी ३३ वर्षीया रमा श्रेष्ठ र भाइ नाता पर्ने ललितपुर ग्वार्को निवासी उपेन्द्रमान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गोरखकी श्रीमती शकुन्तला श्रेष्ठ र उपेन्द्रमानकी श्रीमती राम कुमारी श्रेष्ठ घाइते छन् । सडकमा रोकिराखेको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । कार चालक निदाएको कारण रोकिरहेको ट्रकमा ठक्कर दिएको र सुनौली निवासी चालक पनि घाइते भएका छन् ।

Skip This
Skip This
Logo