रियल बेटिसलाई हराउँदै चेल्सीले उचाल्याे युरोपा कन्फरेन्स लिगकाे उपाधि

रियल बेटिसलाई हराउँदै चेल्सीले उचाल्याे युरोपा कन्फरेन्स लिगकाे उपाधि

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । लन्डन क्लब चेल्सीले युरोपा कन्फरेन्स लिगकाे उपाधि जितेकाे छ । गएराति भएकाे फाइनल खेलमा स्पेनिस क्लब रियल बेटिसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि चुमेकाे हाे ।

खेलको सुरुवातमै रियल बेटिसले अग्रता लिएको थियो। खेलको नवौं मिनेटमै अब्दे एज्जाजुलीले गोल गर्दै चेल्सीका समर्थकहरूलाई चकित पारेका थिए। दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो। ६५ औं मिनेटमा मिडफिल्डर एन्जो फर्नान्डेजले सुन्दर गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

बराबरी भएको पाँच मिनेट नबित्दै ७० औं मिनेटमा फरवार्ड निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। त्यसपछि पनि चेल्सीले आफ्नो आक्रमणलाई तीब्रता दियो। खेलको ८३ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै चेल्सीको अग्रतालाई ३-१ मा पुर्याए।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको अतिरिक्त समयको पहिलो मिनेट (९०+१) मा मोइसेस काइसेडोले गोल गर्दै चेल्सीका लागि चौथो गोल गरे। यो गोलसँगै चेल्सीले उपाधि उचालेकाे हाे ।

Skip This
Skip This
Logo