सक्कली टाटा जेन्युइन पार्ट्स पत्ता लगाउने सजिलो उपायः सुरक्षा र दिगोपनको ग्यारेन्टी

सक्कली टाटा जेन्युइन पार्ट्स पत्ता लगाउने सजिलो उपायः सुरक्षा र दिगोपनको ग्यारेन्टी

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेपालमा व्यवसायिक सवारी साधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

नक्कली पार्ट्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पुर्‍याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि.मार्फत् सक्कली पार्ट्स देशभर उपलब्ध रहेका छन् ।

सक्कली र नक्कली पार्ट्स छुट्याउने सजिलो उपाय-

– प्याकेटमा उल्लेख गरिएको कन्ट्री काेड: 2081290 वा 2081295 सुनिश्चित गरी

– सक्कली टाटा जेन्युइन पार्ट्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।

– थ्रिडी होलोग्राममा देखिने टाटाको लोगोबाट

  • क्यूआर कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
  • नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।

सक्कली पार्ट्सको फाइदा व्यवसायमै देखिन्छ-

टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्छ ।

Logo