एमाले र राजावादीको प्रदर्शनः आज बिहानैदेखि रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

एमाले र राजावादीको प्रदर्शनः आज बिहानैदेखि रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ पारिएकाे छ ।

बाक्लो संख्यामा सुरक्षाकर्मी खटिनुका साथै सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने बताइएकाे छ ।

एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाउन लागेको हो । उक्त पार्टीले आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई जानकारी दिए ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी हुनेछ ।

यता राजावादीहरूले पनि काठमाडौं केन्द्रित गरेर आजबाट नै व्यवस्था उल्टाउने जनविद्रोह गर्ने घोषणा गरिसकेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ । राजसंस्था पुनर्स्थापना, हिन्दु राज्य पुनर्स्थापना र संघीयता खारेजीलगायत माग राखेर तय भएको यो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत विभिन्न पार्टी र समूहहरूको समर्थन छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको बताइएको छ ।

Logo