काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले चुरे तथा तराई क्षेत्रको जल चक्र दीगो बनाउन एक अर्ब ६९ करोड बजेट बिनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले वृक्षारोपणलाई प्राथमिकता दिइने, प्राकृतिक पुनर्स्थापना र पानीको सञ्चय तथा पुनर्भरण कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
त्यस्तै संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्दा जग्गा व्यवस्थापन गर्न र रूख हुर्काउँदा लाग्ने रकमको एक प्रतिशत मात्रै तिर्नुपर्ने व्यवस्था हुने भएको छ। यसरी वन प्रयोग गर्दा वन विकास कोषमा एक प्रतिशत रकम मात्रै जम्मा गर्नुपर्ने व्यवस्था मिलाइने अर्थमन्त्री पौडेलले बताए।





























प्रतिक्रिया